समाचार काठमाडौंमा मतदाता क्रम संख्याका कारण मतदान झण्झटिलो
Ujyaalo

काठमाडौं, मंसिर २१ – काठमाडौंका धेरै मतदान केन्द्रहरुमा मतदाता क्रम संख्याका कारण मतदान झन्झटिलो बनिरहेको छ ।

स्थानीय तहको चुनावमा प्रयोग गरिएको मतदाता क्रम संख्यालाई नै यसपटक पनि प्रयोगमा ल्याइएकोले त्यसपछि थपिएका मतदाता संख्याका कारण संख्या रुजु गर्न समस्या भैरहेको हो ।

काठमाडौंको क्षेत्र नम्बर ८ अन्तर्गत परोपकार उच्च माविमा रहेको केन्द्रमा स्थानीय तहको चुनाव भन्दा अहिले १८ जना मतदाता थपिएका छन् । यसैअनुरुप मतदाता संख्या १८ बढी भएपछि रुजु गर्दा झन्झटिलो भैरहेको हो । तैपनि आपसी समझदारीमा मतदान चलिरहेको मतदान अधिकृतहरुले बताएका छन् ।

 

Share It

Post Comments
थप समाचार