समाचार साँखुमा मतदाताको घुईंचो छैन
Ujyaalo

काठमाडौं, मंसिर २१ – काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत साँखुमा रहेका ३ वटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । प्राचीन नेवार बस्ती रहेको साँखुमा हिजो र आज स्थानीयको गुठी भोज भएकाले मतदाताहरु आलोपालो गरेर मतदानमा सहभागी छन् ।

यसकारण मतदानस्थलमा घुईंचो नरहेको स्थानीय पत्रकार पवन श्रेष्ठले बताउनुभयो । साँखुमा भाग्योदय मा.वि., सुनटोल र ज्योतिर्लिंगेश्वर मतदान केन्द्रहरु रहेका छन् ।

Share It

Post Comments
थप समाचार