समाचार १ सय २ वर्षकी बृद्धाले भोट दिएपछि भनिन् ‘सबैभन्दा खुसीको कुरा मर्ने बेलामा भोट हाल्न पाइयो’
Ujyaalo

प्यूठान, मंसिर २१ - देशैभर उत्साहका साथ मतदान भैरहेको छ । मतदानमा किरियापुत्री, सुत्केरी, मलामी लगायत उत्साहजनक रुपमा सहभागी भैरहेका छन् । यस्तै छोरानातीको काँधमा बोकिएर बुढाबुढीले पनि भोट हालिरहेका छन् ।

प्यूठानको रजवारामा पनि १ सय २ वर्षकी बृद्धाले भोट हाल्नुभएको छ । १ सय २ वर्षकी दुरपतीमाया मल्लले जीवनको अन्त्यतिर भोट हाल्न पाउनु आफ्नो लागि सबैभन्दा ठुलो खुशीको क्षण भएको बताउनुभयो । ‘अब मर्ने बेलामा पनि भोट हाल्न पाइयो, यो नै सबैभन्दा खुशीको कुरा हो’ दुरपतीमायाले उज्यालोसँग भन्नुभयो ।

नाती जितबहादुर र जोगिन्द्र मल्लले बोकेर उहाँलाई रजवारा १ को मतदान केन्द्रमा पु¥याउनुभएको हो ।

 

Share It

Post Comments
थप समाचार