समाचार अशक्तलाइ पिठ्युँमा बोक्दै मतदान केन्द्र सम्म ल्याइदै
Ujyaalo

इन्द्रसरा खड्का,अछाम , मंसिर २१ - अछामको मेल्लेख गाउँपालिका वडानम्बर ६ नन्देश्वरी मतदानकेन्द्रमा बिहान ७ बजेबाटै मतदान प्रक्रिया सुरु भएको छ । बिहानदेखि मतदान गर्नेहरुको लर्को लागि रहेको छ । अशक्त र हिड्न नसक्नेहरुलाई घरमै गएर पिठ्युँमा बोकेर पनि मतदान केन्द्रमा मत खसाल्न ल्याउनेक्रम चलिरहेको छ ।

तोल्सैन निवासी ९२ बर्षकी मातादेबि बोहरालाई मतदानकेन्द्र नजिकै भएकोे बिहान ६ बजेर उठेर नै मतदान केन्द्रमा पुग्नु भयो । उहाँले नन्देश्वरी मतदानकेन्द्रबाट मतहाल्नुभयो । बिहानै उठ्ने बित्तीकै लठ्ठि टेकेर मतदानकेन्द्रमा आए भोटहाले अब नेताहरुले के के गर्छन मर्नुभन्दा अगाडी नै हेर्ने धोको रहेको उहाँले बताउनुभयो । एकै बर्षमा स्थानियतहको चुनाव देखि प्रदेससभा र प्रतिनिधी सभाको चुनावमा भोटहाल्न पाउदा निकै खुसि भएको भनाइ छ । यो भन्दा पहिले पनि धेरै चुनावमा भोट हालिसकेकी उहाँले अबका आफ्ना सन्तानहरुले बिकास भएको हेर्न पाए आफु मरे पनि सन्तानका लागि राम्रो हुने बताउनुभयो । आफुहरुले जसोतसो दुखका दिन काटे पनि अबका सन्तानले आफ्नो जस्तो दुख भोग्न नपरुन उहाँले भन्नु भयो । चुनाव अगाडी हात जोड्दै घरमा आउने नेताहरुले अब गाउँठाउँको बिकास गर्नुपर्नेमा उहाँले जोड दिनभयो ।

माडिगडाका गोमति लुहारलाइ पनि पिठ्युँमा बोकेर उहाँका श्रीमानले मतदान केन्द्रमा ल्याउनु भयो । १ हप्ता भन्दा बढी समयमा घरमै थला परेकी उहाँलाइ एक भोटको पनि आवश्यकता हुने भन्दै पिठ्युँमा बोकेर मतदान केन्द्रमा पुर्याएको बिद्यालयका शिक्षक टेकराज भट्राइले बताउनुभयो । पिठउँमा बोकेर मतदान केन्द्र सम्म पुगेकी लुहारले आफु जस्ता गरिब र असहायलाइ अबका नेताहरुले हेर्नुपर्ने बताउनुभयो ।

सोहि मतदान केन्द्रमा भोट हाल्न पुगेकी ७३ बर्षिया बुदिदेबि खड्काले पनि भोट हाल्नु भएको छ । अब आफुहरुले भोट दिइसकेकाले नेताहरुले गाउँमा आएर हात जोड्दै गरेको प्रतिबद्धता पुरा गर्नुपर्ने बताउनुभयो । गाउँठाउँको बिकास गर्छु, बृद्धभत्ता बढाउछु भन्दै आश्वासन दिनेहरुले आफुजस्ता बुढाबुढीलाई पनि हेर्नुपर्ने उहाँले बताउनुभयो ।

Share It

Post Comments
थप समाचार