समाचार भोट हालेर घर फर्किएका एक वृद्धको बाटोमै मृत्यु
Ujyaalo

पाल्पा, मंसिर २१ – पाल्पाको रामपुर नगरपालिका–६ को दरैठाँटी मतदान केन्द्रबाट मतदान गरेपछि एक वृद्धको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमालको बिहान साढे ११ बजे मतदान गरेर फर्कदै गर्दा बाटैमा मृत्यु भएको वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

दमको रोगी रहेका कुमालले छोराको सहाराले मतदान गर्नुभएको थियो । मतदान गरेर घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उहाँको मृत्यु भएको हो । रासस

Share It

Post Comments
थप समाचार