समाचार कास्कीमा १ सय २ वर्षीय वृद्धबाट मतदान
Ujyaalo

कास्की, मंसिर २१ – कास्कीको मादी गाउँपालिका–८ ध्रुव माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०२ वर्षीय वृद्ध वामदेव सापकोटाले मतदान गर्नुभएको छ ।

त्यस्तै पोखरा १७ महतगौडाको जानकी आधारभूत विद्यालयबाट ८९ वर्षीय चन्द्रकान्त भण्डारीले मतदान गर्नुभएको छ । कास्कीका ३१७ वटै मतदान केन्द्रमा शान्तिपूर्ण तवरले मतदान भइरहेको क्षेत्रीय निर्वाचन अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार