समाचार प्रदेश नम्बर एकमा ४० प्रतिशत मत खस्यो
Ujyaalo

सुनसरी, मंसिर २१ – प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि भइरहेको चुनावमा प्रदेश नम्बर एकका सातवटा जिल्लामा ४० प्रतिशत मत खसिसकेको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रेमप्रसाद सञ्जेलका अनुसार बिहान साढे ११ बजेसम्म कुनै क्षेत्रमा २५ प्रतिशत र कुनै क्षेत्रमा ५० प्रतिशतसम्म मत खसिसकेको हो । प्रदेश नम्बर एकका इलाम, झापा, मोरग, सुनसरी, उदयपुर, धनकुटा र तेह्रथुममा आज चुनाव भैरहेको हो ।

यी जिल्लामा २२ लाख ७४ हजार २ सय १६ जना मतदाता छन् । मतदाताको सहभागीता उत्साहपूर्ण रहेको कार्यालयले जनाएको छ । सुनसरीमा ४५ प्रतिसत मत खसेको मुख्य निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

Share It

Post Comments
थप समाचार