समाचार काठमाडौं उपत्यकामा खाना खाएपछि मतदाताको उत्साह
Ujyaalo

काठमाडौं, मंसिर २१ – काठमाडौं उपत्यकामा मध्यान्हपछि मतदाताको उत्साह बढेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा बिहान लाइन बस्ने कम थिए ।

तर खाना खाएपछि मतदाताको घुईंचो बढेको हो । बिहान चिसोले मतदाता मतदान केन्द्रमा पुग्न गाह्रो भएको हो । बिहान लाइन सामान्य रहेको र अहिले थपिंदै गएको छ ।

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा ६ लाख ३० हजार ४६० जना मतदाता छन् भने ७३१ वटा मतदान केन्द्र छन् ।

यस्तै ललितपुरका तीनवटा निर्वाचन क्षेत्रका १ सय ३१ मतदानस्थलमा शान्तिपूर्ण मतदान भैरहेको छ । ललितपुर १ मा ५३ मतदान स्थलमा ८७ मतदान केन्द्र, २ मा ३९ मतदान स्थलमा ८८ वटा मतदान केन्द्र र ३ मा ३९ मतदानस्थलमा १ सय २ वटा मतदान केन्द्र रहेका छन् ।

२ सय ७७ मतदान केन्द्रमा व्यवस्थित र शान्तिपूर्ण रुपमा मतदान भैरहेको ललितपुरका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताउनुभयो । २ लाख २८ हजार ३ सय ३९ मतदाता रहेको ललितपुरमा विहान १२ बजेसम्म २५ प्रतिशत मतदान भएको छ ।

Share It

Post Comments
थप समाचार