समाचार सर्लाहीमा भेटिएको बम सेनाले निष्क्रिय पार्‍यो
Ujyaalo

सर्लाही, मंसिर २१ – सर्लाहीको बागमती नगरपालिका–१ मिलन चोकमा आज बिहान फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

पूर्व पश्चिम राजमार्गमा नचिनेका मान्छेले राखेका दुई वटा प्रेसर कुकर बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । बम फेला परेको मिलन चौकबाट जनबाल कल्याण मावि थिङटोल मतदान केन्द्र ७ सय मिटर नजिक छ ।

तर बमले त्यहाँ कुनै असर नपरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

Share It

Post Comments
थप समाचार