समाचार मृतक र विदेश गएकाको नाममा मत हालेकोले पुन : मतदानको माग गर्दै उजुरी
Ujyaalo

सीताराम अधिकारी/उज्यालो ।

धादिङ, मंसिर २१ – उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा न-४ को मुक्रावदेवी मावि मतदान केन्द्रमा मृत्यु भएका, कर्मचारी भएर मतदानमा खटिएका र विदेश गएकाको नाममा मतदान भएको भन्दै पुनः मतदानको मागसहित बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरिएको छ । 

धादिङ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार रामवहादुर सिलवाल र प्रदेशसभाका उम्मेदवार, स्वतन्त्र उम्मेदवार, प्रतिनिधिसभा क्षेत्र नं.२ को प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ का स्वतन्त्र उम्मेदवार गणेश बसौलाले संयुक्त रुपमा उजुरी गर्नु भएको हो । 

मंसिर १० गते सम्पन्न निर्वाचनमा मुक्राबदेवी मावि मतदान ८ सय १५ मतदाता रहेकोमा ८ सय ९ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

संयुक्त उजुरीमा मृत्यु भएका २० जना, विदेश गएका २५ जना र कर्मचारकिो रुपमा खटिएका २ जनाले मतदान गरेको भन्ने देखिएकोले फर्जी मतदान गराइ वाम गठबन्धनका प्रतिनिधिलाई ज्यान मार्ने सम्मका धम्की समेत दिएकोले सो केन्द्रको पुनः मतदान गराउन माग गरिएको उजुरीकर्ता रामबहादुर सिलवालले बताउनुभयो ।

सो मतदान केन्द्रमा राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार पूर्व गृहमन्त्री वुद्धिमान तामाङ र रा.प्र.पा.का प्रदेश सभा क्षेत्र नं. २ का प्रत्यक्ष तर्फका उम्मेदवार डम्मर तामाङले मतदान गर्ने मतदान स्थल हो ।

 यो मतदान केन्द्रका मतदाता मध्ये मृत्यु भएका २०, कम्तिमा विदेश गएका २५ र कर्मचारी भइ अन्यत्र गएका २ समेत हाम्रो जानकारीमा ४७ जना मतदाता उपस्थित नभएको र उपस्थित हुन सक्ने अवस्था नै नभएकोमा जम्मा ६ जना मतदाता मात्र अनुपस्थित भएको भनि फर्जि मतदान गराइएको पुष्टि भएको भनि किटानी गरेर मतदान पुनः गर्न माग गरिएको हो ।   

Share It

Post Comments
थप समाचार