समाचार स्थानीय चुनावका उम्मेदवारले मतदाता नामावली नाम नहुँदा भोट हाल्न पाएनन्
Ujyaalo

शैलेन्द्र महतो/उज्यालो

धनुषा, मंसिर २१ – स्थानीय निकायको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका जनकपुर उपमहानगरपालिका १४ का अशोक प्रसाद साहले प्रदेश र प्रतिनिधिसभाको चुनावमा मत खसाल्न पाउनुभएन् ।

मतदाता नामावलीमा नाम नभएपछि उहाँले मत दिन नपाउनुभएको हो । उहाँ मतदानका लागि केन्द्रमा पुगेपनि चुनावमा खटिएका कर्मचारीले नामावलीमा नाम नै नभएको भन्दै फर्काइदिएका छन् ।

उहाँले निर्वाचन कार्यालयको लापरवाहीले आफू चुनावमा मत खसाल्नबाट बञ्चित भएको भन्दै गुनासो गर्नुभयो । उहाँ गएको असोज २ गते भएको स्थानीय निकायको चुनावमा वडा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । 

Share It

Post Comments
थप समाचार