समाचार पर्वतमा ६ जना किरियापुत्रीले मतदान गरे
Ujyaalo

मंसिर २१ – पर्वतमा ६ जना किरियापुत्रीले मतदान गरेका छन् ।

बुवा/ससुराको शोक बारेका दुर्गाबहादुर नेपाली, सीता नेपाली, गीता नेपाली, सितारा नेपाली, मुना नेपाली र शर्मिला नेपालीले कुश्मा नगरपालिका ११ को विश्वज्योति मावि केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गरेपछि दुर्गाबहादुरले भन्नुभयो, ‘विकासप्रेमी उम्मेदवारलाई शोकको घडीमा पनि मत दिन पाएकामा खुसी लागेको छ ।’

 

Share It

Post Comments
थप समाचार