समाचार मोरङमा ७० प्रतिशतसम्म मत खस्यो
Ujyaalo

विराटनगर, मंसिर २१ – मोरङमा ५० देखि ७० प्रतिशतसम्म मत खसेको छ । दिउँसो साढे २ बजेसम्म मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १ मा रहेको नवज्योती मावि मतदान केन्द्रमा ७० प्रतिशत मत खसेको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

त्यस्तै जहदा गाउँपालिकाको बुड्डेश्वरी प्रावि मतदान केन्द्रमा ५० प्रतिशत मत खसेको छ । जहदा गाउँपालिकाका भित्री क्षेत्रमा कम मात्र मत खसेको क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलले जानकारी दिनुभयो । विराटनगरको आन्तरिक राजश्व कार्यालय बिराटनगर मतदान केन्द्रमा मतदानका लागि मतदाता आउन छाडेको कार्यालयले जनाएको छ ।


झण्डै १० हजार मतदाता रहेको विराटनगरको कञ्चनवारी मतदान केन्द्रमा मतदाताको लामो लाईन छ । मतदाता बिहान १० बजेदेखि लाईनमा बसेपनि २ बजे मात्र मत खसाल्न पाएको बताएका छन् । धेरै मतदाता भएको बिराटनगरको पुसेट क्याम्पस केन्द्रमा स्वयमसेवकको अभावमा ब्यवस्थापन कमजोर देखिएको र धेरैबेर लाईनमा लाग्नु परेको मतदाताले गुनासो गरेका छन् ।

 

Share It

Post Comments
थप समाचार