समाचार काठमाडौका केही मतदान केन्द्र सुनसान बनिसक्यो
Ujyaalo

काठमाडौं,मंसिर २१ – काठमाडौंका धेरै मतदानस्थल सुनसान हुन थालेका छन् । धेरै मतदाताले भोट खसालेका छन् ।

मध्यान्हपछि मतदाताको उत्साह बढेको थियो । बिहान मतदाताको कमी थियो । तर खाना खाएपछि लाइन थपिएको थियो । बिहान चिसोले मतदाता कम थिए भने तीन बजेपछि मतदान केन्द्रमा सुनसान देखिएको हो ।

काठमाडौ ४ का पशुपति मित्र मावि, आइडियल स्कुल, सिफल मतदान केन्द्रमा एक जना पनि लाइनमा छैनन । अहिलेसम्म काठमाडौंमा झण्डै ६५ प्रतिशत मत खसेको छ । १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ७ सय ३१ मतदान स्थल छन् । काठमाडौंमा ६ लाख ३० हजार मतदाता रहेका छन् ।

Share It

Post Comments
थप समाचार