समाचार मतदाताको फोटो खिच्ने सिके राउतका २ जना कार्यकर्ता पक्राउ
Ujyaalo

सप्तरी, मंसिर २१ – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ बाट २ जनालाई प्रहरीले पक्रेको छ । उपस्वास्थ्य चौकी भवन लौनीया मतदान केन्द्रमा भोट हाल्ने मतदाताको फोटो खिचिरहेका बेला उनीहरुलाई सशस्त्र प्रहरीले पक्रेको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा लगिएको छ । पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका २ का सुशीलकुमार मण्डल र राजविराज ११ का श्यामकुमार यादव छन् ।

उनीहरुले बिहानदेखि पटक पटक पत्रकारिताको विद्यार्थी भएको भन्दै मतदान केन्द्रको र मतदाताको फोटो खिचेका थिए ।

पटक पटक फोटो खिच्न थालेपछि शंका लागेर उनीहरुलाई सोधपुछ गर्दा सिके राउतको कार्यकर्ता भएको खुलेको सशस्त्र प्रहरीको भनाइ छ । उनीहरुलाई मतदान गर्ने मतदातालाई कारवाही गर्न फोटो खिचेको हुन सक्ने अनुमान गरिएको छ ।

Share It

Post Comments
थप समाचार