समाचार निधि र महतोसँग चुनाव लडेका वाम गठबन्धनका उम्मेदवार यादव आक्रोसित
Ujyaalo

शैलेन्द्र महतो/उज्यालो । जनकपुरधाम, मंसिर २१ - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी राजपाका नेता राजेन्द्र महतोले भ्रामक प्रचार गरेको भन्दै धनुषा क्षेत्र नम्बर ३ का वाम गठबन्धनका उम्मेदवार रामसिंह यादव आक्रोशित हुनु भएको छ ।

विना विभागीय राज्यमन्त्रीसमेत रहेका उम्मेदवार यादवले निधि र महतो निकट केहि पत्रकारले अनलाइन र फेसबुकलगायतका समाजिक सञ्जालमा भ्रामक समाचार संप्रेषण गरेको उहाँको आरोप छ ।

वाम गठबन्धनतका उम्मेदवारले आफूहरुलाई समर्थन गरेको भन्दै महतो र निधिले गलत हल्ला फैलाएको उहाँले बताउनुभयो । उहाँले आफूले कसैलाई पनि समर्थन नगरेको र उम्मेदवारी कायम राखेको बेला गलत हल्ला फैलाउने पत्रकारलाई कारवाहीका लागि सम्बन्धित निकायमार्फत अघि बढ्ने बताउनुभएको छ ।

Share It

Post Comments
थप समाचार