समाचार २ बजेसम्म ५० प्रतिशत मतदान
Ujyaalo

काठमाडौं, मंसिर २१ – दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको दिउँसो २ बजेसम्म सरदर ५० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदान कार्य सञ्चालन भइरहेको छ ।
सबैभन्दा बढी सुर्खेतमा ६३, मकवानपुरमा ६० र मोरङ जिल्लामा ५८ प्रतिशत मतदान भएको छ । त्यसैगरी, इलाम, झापा, धनकुटा, रौतहट, सिन्धुली काठमाडौं, भक्तपुर, चितवनलगायतका जिल्लामा ५५ प्रतिशत मतदान भएकोे छ ।

 

Share It

Post Comments
थप समाचार