समाचार सर्लाहीमा ४ जना किरियापुत्रीद्वारा मतदान
Ujyaalo


सर्लाही, मंसिर २१ - सर्लाहीमा चार जना किरियापुत्रीले मतदान गरेका छन् । किरियापुत्री बसेका कृष्णबहादुर बुढाथोकी, ज्ञानबहादुर बुढाथोकी, नरबहादुर बुढाथोकी र मोहनबहादुर बुढाथोकीले हरिऔन नगरपालिका ९ को ब्रम्हस्थान आधारभुत विद्यालयबाट मतदान गर्नुभएको हो ।

उहाँहरुका बाबु रनबहादुर बुढाथोकीको ३ दिनअघि निधन भएको थियो । बुढाथोकी दाजु भाइको मत भने उहाँहरुकै आग्रहमा निर्वाचन अधिकृतले बाकसमा खसाली दिएका प्रत्यक्षदर्शी मोहन गौतमले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार