समाचार मतदान गरेपछि दुई वृद्धले भने, ‘मेरो भोटले नेतामा सद्बुद्धि आओस’
Ujyaalo

नवलपरासी, मंसिर २१ – ‘भोट त धेरै हालियो नेताको बुद्धि फिरेन, जनताको समस्या कहिल्यै बुझेनन्, सधै केही गर्छन कि भन्ने आशामा भोट हालियो तर उपलब्धी केही छैन्,’ नवलपरासीको मध्यविन्दु नगरपालिका १५ हर्वासीटार निवासी ९१ वर्षीया मतदाता अम्बिका पाण्डेले भन्नुभयो, ‘मैले दिएको भोटले यसपाली नेतामा सद्बुद्धि आओस् ।’

नेताले ओहो जनता पनि समस्यामा छन्, मैले पनि केही गर्नुपर्छ भन्ने बुझुन, मेरो चाहना यति मात्रै छ, पाण्डेले भन्नुभयो । आफूले पटक पटक चुनावमा भोट हालेको बताउदै पाण्डेले सधैं नेताको झुटा चुनावी आश्वासन पाएको बताउनुभयो । चुनावमा बेला मतदातालाई विभिन्न सपना बाँड्ने गरेको र चुनावपछि मतदाताको समस्या के छ भनेर नेताले कहिल्यै नबुझेको पाण्डेले गुनासो गर्नुभयो । यो उमेरमा पनि भोट हाल्दा आफूलाई खुसी लागेको उहाँले प्रतिक्रिया दिनुभयो ।

यस्तै, मध्यविन्दु नगरपालिका ८ रानीटारका ९५ वर्षिया मतदाता केहरसिंह रानाले पनि मतदान गर्नु भएको छ । सिंहले पनि आफ्नो क्षेत्रको विकास नेताले गरुन भन्ने चाहाना भएको बताउनुभयो ।

भोट कति दिइयो कति, तर खै नेताले हामीलाई के दिएर ? सधै उस्तै छ, केही गर्छन कि भनेर मतदान ग¥यो केही काम गर्दैनन, फेरि अर्काे चुनाव आउँछ आशा मानेर फेरि भोट दियो सधैं उस्तै छ । रानाले भन्नुभयो ‘यो उमेरमा दिएको भोट खेरा नजाओस् ।’

Share It

Post Comments
थप समाचार