समाचार एक मतले पनि हारजित हुनसक्छ भन्दै किरियापुत्री आमा छोराले मत हाले
Ujyaalo

नेपालगञ्ज, मंसिर २१ – बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ९ महादेवपुरीको बुच्चापुर मतदान केन्द्रमा किरिया बसेका आमा छोराले मतदान गरेका छन् ।

बुवाको किरिया बसेका भुपेन्द्र खत्री मतदानका लागि दिउँसो आमा सहित मतदान गर्न आउनुभएको हो । मतदान गरेपछि खत्रीले आफूहरुले पाएको मत खेर नजाओस् भनेर भोटहाल्न आमालाई लिएर आएको बताउनुभयो ।

‘एक मतले पनि हार जित हुन सक्छ, त्यसैले हामी बुवाको निधनको पीडा हुँदाहुँदै पनि भोट हाल्न आयौं’ किरियापुत्री खत्रीले भन्नुभयो, ‘मताधिकारको प्रयोगले दुःखमा परेपनि यहाँसम्म तानेर ल्यायो ।’

Share It

Post Comments
थप समाचार