समाचार बाजुरामा हुनै लाग्यो मतगणना
Ujyaalo

निमेन्द्र शाही / उज्यालो । बाजुरा, मंसिर २१ – एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बाजुरामा मतगणना शुरु हुनै लागेको छ । प्रतिनिधिसभा र दुई वटै प्रदेशसभाको मत एकैसाथ गणना गर्ने तयारी छ ।

जिल्ला समन्वय समितिको समिक्षालय हलमा सुरक्षित राखिएका मतपेटिकाहरु प्रदेश अनुसार छुट्याएर तीन ठाउँमा गणना गर्न लागिएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयो । ६९ हजार ८ सय ३४ मतदाता रहेको बाजुरामा ५२ हजार ९ सय ४५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ती मध्ये प्रदेशसभा क मा १८ हजार ९ सय ४९ मत र प्रदेशसभा ख मा ३३ हजार ९ सय ९६ मत खसेको थियो ।

बाजुरामा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका कविराज पण्डित, बाम गठबन्धनको तर्फबाट एमाले नेता लालबहादुर थापा, नयाँ शक्ति पार्टीका दिलीप कुमार शाही लगायत प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै प्रतिनिधिसभा क मा बाम गठबन्धनको तर्फबाट एमाले नेता बलदेव रेग्मी, नेपाली काँग्रेसका जनकराज गिरी, नयाँ शक्ति पार्टीका नरेन्द्र विक र स्वतन्त्र उम्मेदवार टिका राज गिरी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रदेश सभा ख मा भने एमालेका प्रकाशबहादुर शाह, नेपाली काँग्रेसका पदमबहादुर शाही एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश बहादुर विक, नयाँ शक्ति पार्टीबाट सुर्जे चदारा हुनुहुन्छ ।

Share It

Post Comments
थप समाचार