समाचार सर्लाहीमा भोलि मात्रै मतगणना गरिने
Ujyaalo

मंसिर २१ – सर्लाहीमा भोलि बिहानदेखि मात्रै मतगणना हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत राजेशकुमार काफ्लेले जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका आज बेलुकासम्म सङ्कलन गरिसक्ने र भोलि बिहानदेखि गणना सुरु गर्ने जानकारी दिनुभयो ।

मतगणना सुरु गर्नुअघि कर्मचारी र दलका प्रतिनिधिको सर्बदलीय बैठक पनि बस्ने उहाँले बताउनुभयो । मतगणना सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समिति र सर्लाही क्याम्पसको भवनमा गरिने छ ।

चार वटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा ३ लाख ८५ हजार ५ सय ८० मतदाता छन् । जसमध्ये झण्डै ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

Share It

Post Comments
थप समाचार