समाचार रसुवामा मतगणनास्थल वरपर आवतजावतमा निषेध
Ujyaalo

रसुवा, मंसिर २१ – रसुवामा मतगणनास्थल वरपर आवत जावतमा निषेध गरिएको छ । नियमित आवतजावत गर्नेहरु पनि ५ जना भन्दा बढी हिँड्न नपाउने गरि निषेध गरिएको छ ।

मतगणना केहीबेरमा सुरु हुँदैछ । मतगणना स्थलमा हुनसक्ने सम्भाबित जोखिमलाई ध्यानमा राखेर आवतजावतमा निषेध गरिएको हो ।

मतगणनास्थल जिल्ला समन्वय समितिको कम्पाउन्डतर्फको पूर्वी गेटदेखि १५ मिटर र पश्चिमतर्फ जिल्ला स्वास्थ्य कार्यालयको कम्पाउन्डसम्ममा चार किल्ला बनाईएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो ।

यस्तै धुन्चे बजार इलाकामा २५ जना भन्दा बढीको समुह भेला भएको स्थानमा प्रहरीले निगरानी राखि भेला हुन नदिने बताइएको छ । मतगणना स्थल प्रबेश गर्ने स्थानमा हरेक व्यक्तिको खानतलासी गरि प्रबेशको व्यवस्था गरिरहेको छ ।

Share It

Post Comments
थप समाचार