समाचार धनुषाको मतगणना तार जालीको घेराभित्र
Ujyaalo

शैलेन्द्र महतो/उज्यालो

धनुषा, मंसिर २१ – धनुषामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मतगणना तार जालीको घेराभित्र गरिने भएको छ ।

धनुषाको क्षेत्र नम्बर १,२ र ४ को जिल्ला शिक्षा कार्यालय र धनुषा क्षेत्र नम्बर ३ को महेन्द्र नारायण निधि प्रतिष्ठानमा गरिने मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिनुभयो ।

अहिले जिल्लाका सबै ठाउँबाट मतपेटिका सङ्कलन गर्ने क्रम सुरु भएको भन्दै सुरक्षाका कारण तार जालीभित्र गणना गर्ने निर्णय गरिएको अधिकृत उपे्रतीले बताउनुभयो । दलका प्रतिनिधिलाई तार जाली भन्दा बाहिर राखिने उहाँले बताउनुभयो ।

Share It

Post Comments
थप समाचार