समाचार सप्तरीको औरहीमा कांग्रेस र राजपा कार्यकर्ताबिच झडप, ४ घाइते
Ujyaalo

सप्तरी, मंसिर २१ - सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ मा नेपाली कांग्रेस र राष्ट्रिय जनशक्ति पार्टीका कार्यकर्ताबिच झडप भएको छ ।

डाक्नेश्वरी ६ को सरस्वति मावि औरही मतदान केन्द्रमा राजपा कार्यकर्ता ३९ को जिवेश यादव र नेपाली कांग्रेस बद्री यादवबिचबाट सुरु भएको विवादमा चार जना घाइते भएका हुन् । उनीहरुबिच मतदानको विषयलाई लिएर विवाद सुरु भएको हो ।

घाइते हुनेमा औरहीका बद्री यादव, सुनिलकुमार यादव, रामविलाश यादव र सुभद्रादेवी यादव छन् । जिवेशलाई घरेलु हतियारसहित पक्राउ गरिएको सशस्त्र प्रहरीका इन्सपेक्टर शैलेन्द्र थापाले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि राजविराज पठाइएको पनि थापाले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार