समाचार पहिलो निर्वाचित प्रतिनिधि हुन मुस्ताङ र मनाङको प्रतिस्पर्धा
Ujyaalo

मंसिर २१ – अन्नपूर्ण र निलगिरी हिमालपारीका दुई जिल्ला मुस्ताङ र मनाङ सबैभन्दा पहिले मतपरिणाम घोषणा गर्ने प्रतिस्पर्धामा छन् ।

प्रदेश नम्बर ४ मा पर्ने यी दुवै जिल्लामा प्रतिनिधिसभामा एक एक जना र प्रदेशसभामा दुई दुई जना प्रतिनिधि निर्वाचित हुँदैछन् । प्रतिनिधिसभामा मुस्ताङमा कांग्रेसबाट रोमी गौचन थकाली र वाम गठबन्धनबाट नेकपा एमालेका रेमप्रसाद तुलाचन प्रतिस्पर्धामा छन् । त्यस्तै मनाङमा नेपाली कांग्रेसको तर्फबाट टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङ प्रतिस्पर्धा छन् ।

२०७० सालमा भएको संविधानसभा चुनावमा सबैभन्दा पहिलो परिणाम मुस्ताङबाट आएको थियो । अहिले पनि मुस्ताङ पहिलो हुने दौडमा छ । तर मत भने मनाङमा थोरै खसेको छ । यी दुवै जिल्लामा दोश्रो संविधानसभा चुनावमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

दुवै जिल्लामा बेलुकी ५ बजेदेखि नै मतगन्ती गर्न सुरु भएको छ । मुस्ताङ जिल्लाको जोमसोममा रहेको जिल्ला समन्वय समितिको कार्यालयमा मुस्ताङको मतगणना भइरहेको छ भने मनाङको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालमा चामेमा भइरहेको छ ।

 

Share It

Post Comments
थप समाचार