समाचार पर्सामा ७० प्रतिशत मतदान, गणना भोलि मात्रै
Ujyaalo

पर्सा, मंसिर २१ – पर्सामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ७० प्रतिशत मतदान भएको छ ।

जिल्लाका १ सय ६७ मतदानस्थलका ३ सय ५१ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । २ लाख ८९ हजार ५४ जना मतदाता रहेको जिल्लामा ७० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको जिल्ला निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले बताउनुभयो ।

यो गएको असोज २ गते भएको स्थानीय तहको चुनावको भन्दा कम हो । स्थानीय तहको चुनावमा ७७ प्रतिशत मतदान भएको थियो ।

आज राति १२ बजेसम्ममा मतपेटिका मतगणना स्थल वीरगंज–११ मा रहेको नेपाल राष्ट्रिय विद्यापीठ उच्च माविमा श्रीपुरमा ल्याइसकिने र भोलिदेखि मतगणना सुरु गरिने निर्वाचन कार्यालयका प्रमुख पराजुलीले बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार