समाचार लमजुङमा यसरी हुँदैछ मतगणना
Ujyaalo

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, मंसिर २१– लमजुङमा मतगणना सुरु भएको छ । मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतगण बेसीशहरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार साँझबाट सुरु भएको हो । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको लमजुङमा चार स्थानबाट मतगणना सुरु गरिएको हो ।

प्रतिनिधिसभाका लागि दुई समूह र प्रदेशसभा (क) र प्रदेशसभा (ख) मा एक समूहले मतगणना सुरु गरेका छन् । प्रतिनिधिसभाका लागि लमजुङमा ९ दल र एक स्वतन्त्र गरी १० जना उम्मेदवार चुनावी मैदानमा थिए ।

लमजुङको प्रदेशसभा (क) मा ६ जनाको उम्मेदवारी परेको थियो । यसैगरी, प्रदेशसभा (ख) मा ७ दल र एक स्वतन्त्र गरी ८ जनाको उम्मेदवारी रहेको थियो ।

कुल मतदाता १ लाख १५ हजार ४ सय ४९ मतदाता रहेको लमजुङमा ७७ हजार ३ सय ४० मत खसेको थियो । प्रदेशसभा (क) मा ५४ हजार ८ सय ९७ मतदाता रहेकोमा ३६ हजार ६८ मत खसेको थियो । प्रदेशसभा (ख) मा ६० हजार ५ सय ५२ रहेकोमा ४१ हजार २ सय ७२ मत खसेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । मतगणनाका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Share It

Post Comments
थप समाचार