समाचार मोरङका केही केन्द्रमा मतदान जारी, सकिएका मतपेटिका आउन थाले
Ujyaalo

सुमन तिमल्सिना/उज्यालो ।

विराटनगर, मंसिर २१– मोरङमा मतपेटिका आउने क्रम सुरु भएको छ । मोरङका बिभिन्न ६ वटा निर्वाचन क्षेत्रबाट मत पेटिका ल्याउन थालेको हो । नजिक रहेका मतपेटिका आउन थालेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तर विराटनगरका केही मतदान केन्द्रमा भने अझै मतदान चलिरहेको जनाएको छ ।

महेनद्र मोरङ मतदान केन्द्र तथा कन्चनवारी मतदान केन्द्र सहित केही मतदान केन्द्रमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो ।

सबै क्षेत्रको मत पेटिका आउन रातीको २ बज्ने निर्वाचन अधिकृतका कार्यालयको भनाई छ। मोरङको याङ्शिला, पाटीगाउँ, रमितेखोला तथा भोगटेनीका मतदान केन्द्रबाट मत पेटिका आउन समय लाग्ने जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मोरङमा मतगणना भने भोली मात्रै सुरु हुने भएको छ । मतगणना बारे छलफल गर्न बिहान ७ बजे सर्बदलीय बैठक बोलाइएको छ ।

Share It

Post Comments
थप समाचार