समाचार मुगुमा प्रतिनिधि सभाको सकेपछि मात्र प्रदेशसभाको मतगणना गर्ने
Ujyaalo

मुगु, मंसिर २१ – प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुगुमा प्रतिनिधिसभाको मतगणना सकेर मात्र प्रदेशसभाको मतगणना गर्ने भएको छ ।

अरु ठाउँमा जस्तै मुगुमा पनि तारजालीको घेरा भित्र मतगणना भैरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा २ समुहमा मतगणना भईरहेको मुख्य निर्वाचन अधिकृत जवाहर प्रसाद सिंहले जानकारी दिनुभयो ।

मतगणक तारजाली भित्र र दलका प्रतिनिधी बाहिर बसेर समन्वय गरिरहेका छन् । मुख्य निर्वाचन अधिकृत सिहका अनुसार भोलि साँझ सम्ममा प्रतिनिधिसभाको अन्तिम परिणाम आइसक्नेछ ।

Share It

Post Comments
थप समाचार