समाचार प्यूठानको प्रभात मावि आहालखोला मतदान रोकियो, जिल्लाको मतगणना प्रभावित
Ujyaalo

एलबी थापा उज्यालो ।

प्यूठान, मंसिर २१ – प्यूठानको एक मतदान केन्द्रमा मतदान रोकिएको छ । यो केन्द्रमा ४ वटा मतपत्रमा मतदान अधिकृतले हस्ताक्षरबिना मतपत्र दिएपछि मतदान रोकिएको छ ।

फेरि मतदान गर्ने वा त्यसैलाई निरन्तरता दिने भन्नेबारे सर्वदलीय बैठक बसिरहेको छ । लोकतान्त्रिक गठबन्धनले धाँदली गरेको भन्दै बामगठबन्धनका कार्यकर्ताले पुनः मतदान वा ३ सय वटा मत आफूहरुले हाल्न पाउनुपर्ने माग गरेका छन् । प्रभात माविमा मतदान रोकिएका कारण जिल्लाको मतगणना प्रभावित भएको छ । यहाँले कति जनाले मतदान गरे र कति बाँकी छन् भन्ने पनि स्पष्ट जानकारी आएको छैन ।

तर जिल्ला निर्वाचन कार्यलयले भने जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सकिएको दावी गरेको छ । दिउँसैदेखि अशान्ति भएको प्रभात मावि आहालखोला ओखरकोटमा रोकिएकोबारे सर्वदलीय बैठक बसिरहेको भनेपनि निर्वाचन कार्यालयले यसबारे जानकारी दिएको छैन् ।

जिल्लाका सुगम क्षेत्रबाट मतपेटिका सदरमुकाम ल्याउने काम भइरहेको छ भने दुर्गम क्षेत्रबाट भोलि बिहान ल्याउने तयारी छ । जिल्लामा ६० प्रतिशत मत खसेको अनुमान छ । प्यूठानमा कुल मतदाता १ लाख ३८ हजार ६ सय ४१ छन् ।

Share It

Post Comments
थप समाचार