समाचार चुनाव स्वच्छ र निष्पक्ष बनाउने नियोकको प्रतिवद्धता
Ujyaalo

खोटाङ, मंसिर ७ – खोटाङमा जिल्ला निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आउँदो चुनावलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय बनाउनका लागि प्रतिवद्धता जनाएको छ ।

निर्वाचन पर्यवेक्षकका लागि दिक्तेलमा अभिमुखिकरण कार्यक्रम गरेर नियोकले चुनावलाई स्वच्छ र निष्पक्ष बनाउनका लागि भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको हो । सहभागी पर्यवेक्षकलाई निर्वाचन आचार संहिताका विषयमा जानकारी दिँदै नियोकले चुनावलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय बनाउनका लागि भूमिका निर्वाह गर्न निर्देशन दिएको छ ।

मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा जिल्लाका दुई नगरपालिका र आठ वटै गाउँपालिकाका मतदान केन्द्रमा अनुगमन गरिने नियोकका जिल्ला संयोजक विमलकाजी श्रेष्ठले बताउनुभयो । तालिम प्राप्त पर्यवेक्षकले जिल्लाका १३६ मतदानस्थलका १७९ मतदान केन्द्रमा पुगेर चुनावका गतिविधिका विषयमा अनुगमन गर्ने नियोकले जनाएको छ । नियोकले चुनावको पूर्वसन्ध्यमा १५ जनालाईलाई तालिम दिएर विभिन्न मतदान मतदान केन्द्र पठाउने तयारी गरेको छ ।

Share It

Post Comments
थप समाचार