समाचार गोरखामा बाबुराम नारायणकाजीभन्दा ११ सय मत भन्दा बढीले अगाडि
Ujyaalo

गोरखा, मंसिर २२ – गोरखा क्षेत्र नं. २ मा डा. बाबुराम भट्टराईको अग्रता कायम रहेको छ ।

पछिल्लो मतगणना अनुसार नयाँ शक्तिका उम्मेदवार भट्टराईले ६ हजार ५३४ मत प्राप्त गर्नु भएको छ । भट्टराईलाई गोरखा २ मा नेपाली कांग्रेसले समर्थन गरेको छ । वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले ५ हजार ३९९ मत ल्याउनु भएको छ ।

सुरुवाती रुझानमा भने श्रेष्ठ अगाडि हुनुहुन्थ्योे । सर्वाधिक चर्चामा रहेको गोरखा २ मा भट्टराई र श्रेष्ठको बीचमा निकै नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

 

Share It

Post Comments
थप समाचार