समाचार मकवानपुरमा मतपेटिका बोकेको गाडिलाई लक्षित विस्फोट गराएको आरोपमा एकजना पक्राउ, ११ बजेबाट मतगणना सुरु हुने
Ujyaalo

मकवानपुर, मंसिर २२ – मकवानपुरमा मतपेटिका बोकेको गाडिलाई लक्षित गरी २ वटा बम विस्फोट भएको छ । विस्फोटमा संलग्न भएको शंकामा प्रहरीले १ जना युवकलाई नियन्त्रणमा लिएको छ ।

मकवानपुर लेवटका २० वर्षीय सुनिल लामालाई नियन्त्रणमा लिएको शशस्त्र प्रहरी नायव उपरिक्षक त्रिभुवन विष्टले जानकारी दिनुभयो । उनलाई प्रहरीको जिम्मा लगाइएको छ ।

मकवानपुरको क्षेत्र नम्बर २ अन्तर्गत पर्ने मनहरी गाउँपालिका वडा नम्बर १ चकरी मकरीबाट मतपेटिका बोकेर हेटौंडा आउँदै गरेको गाडिलाई लक्षित गरी बम बिस्फोट भएपछि ती युवा भागेका थिए । यता हेटौंडा उपमहानगरपालिकाको पदमपोखरी र मनहरी गाउँपालिकाको बिच सिमानामा बम विस्फोट भएको स्थानीयले बताएका छन् ।

बिस्फोट हुँदा बुथ बोकेको पछाडिको सुरक्षाकर्मी सहितको गाडि करिब डेढ फिट माथिसम्म उफ्रिएको थियो । डिएसपी विष्टका अनुसार बमका कारण स्पेयर्स टायरमा क्षति पुगेपनि मानविय क्षति भने भएको छैन ।

यतिबेला मकवानपुरका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइएको छ । विहान साढे आठ बजे सर्वदलीय बैठक बसेपछी ११ बजेबाट मतगणना सुरु हुने भएको छ ।

Share It

Post Comments
थप समाचार