समाचार रुपन्देहीको मतगणना ११ बजे पछि
Ujyaalo

रुपन्देही, म‌सिर २२ -  रुपन्देहीमा मतगणना सुरु हुन ११ बज्ने संभावना रहेको छ । बिहिबार बसेको सर्बदलिय बैठक बसेर शुक्रवार बिहानबाट मतगणना सुरु गर्ने भनेपनि क्षेत्रगत रुपमा पार्टिहरुको सर्बदलिय बैठक बस्न बाँकी रहेकाले ११ बजेपछि मात्रै मतगणना सुरु हुने संभावना छ ।

क्षेत्रगत रुपमा पार्टिहरुको सर्बदलिय बैठक बिहान ८ बजेका लागि बोलाइएको छ । रुपन्देहीमा ५ प्रतिनिधिसभा र १० प्रदेशसभाको लागि बिहिवार भएको चुनावमा ७२ प्रतिशत भन्दा धेरै मतदान भएको थियो । रुपन्देहीमा ५ लाख २२ हजार मतदाता रहेका छन् ।

Share It

Post Comments
थप समाचार