समाचार पर्वतमा ६५ प्रतिशत मत खस्यो, बिहान ११ बजे सर्वदलीय बैठकपछि मतगणना सुरु हुने
Ujyaalo

सन्तोष थापा/उज्यालो ।

पर्वत, मंसिर २२– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका चुनावमा पर्वतमा ६५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका कुल १ लाख ७ हजार तीन सय मतदातामध्ये ६९ हजार ८ सय ५३ जनाले मतदान गरेका छन् । पवैतमा ३७ हजार चार सय ४७ जना मतदाता भने मतदान प्रकृयामा सहभागी नभएको पाईएको छ ।

पर्वत प्रदेशसभा (क) मा ६६ दशमलव १९ प्रतिशत र प्रदेशसभा (ख) मा ६२ दशमलव ९ प्रतिशत मत खसेको छ । पर्वतको प्रदेशसभा (क) मा ५८ हजार ८ सय २१ मतदातामध्ये ३९ हजार ३ सय ६१ ले मतदान गरेका छन् । प्रदेशसभा (ख) मा ४८ हजार ४ सय ७९ मतदातामध्ये ३० हजार ४ सय ९२ मतदाताले मतदान प्रक्रियामा सहभागी भएका छन् ।

मतपेटिकाहरु सबै आइपुगेको र शुक्रबार बिहान ११ बजे सर्वदलीय बैठकबाट आचारसंहिता पास गराएपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत ध्रुबप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

 

Share It

Post Comments
थप समाचार