समाचार पहिलो चरणको नतिजामा एमाले सबैभन्दा ठूलो दल हुने पक्का
Ujyaalo

काठमाडौं, मंसिर २२ - पहिलो चरणमा भएको निर्वाचनको मतगणनाबाट नेकपा एमाले सबैभन्दा ठूलो दल हुने बाटोतिर लागेको छ । नेपाली कांग्रसका गढ मानिने मुस्तांग र मनांगबाट एमालले जीतको खाता खोलेको छ भने मतगणना भैरहेका प्रतिनिधि सभाका ३६ क्षेत्रमा १७ स्थानमा एमालेको अग्रता छ ।
मतगणनाको पछिल्लो तथ्यांक आउँदा काग्रेसको जीत हुँदै आएको ओखलढुंगा, नुवाकोट र सोलुमा समेत नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरुले मतको अन्तर बढाउँदै लगेका छन् ।

 

Share It

Post Comments
थप समाचार