समाचार डोटी र सल्यानको मतगणना बेलुका ५ बजेपछि मात्रै
Ujyaalo

डोटी, मंसिर २२ – डोटीमा मतपेटिका संकलनको काम भैरहेकाले आज (शुक्रबार ) बेलुकी ५ बजेपछि मात्रै मतगणना हुने भएको छ । डोटीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार विकट ठाउँको मतपेटिका संकलनको काम भैरहेकाले बेलुकी ५ बजेपछि मात्रै मतगणना गर्ने तयारी छ ।

डोटीको जोरायल, घागल, मन्नाकापडी तथा बर्छैन क्षेत्रका मत मतपेटिका स्थलमार्गबाट सदरमुकाम ल्याउने काम भैरहेको र कानाचौर पल्चौर लगायत क्षेत्रका मतपेटिका हेलिकप्टर मार्फत दिउँसो ल्याइने उहाँले जानकारी दिनुभयो ।

यस्तै, सल्यानको १२१ मतदान केन्द्रका मतपेटिका खलंगा ल्याइएको छ भने ५९ मतदान केन्द्रका मतपेटिका आउन बाँकी छ । जिल्ला निर्वाचन अधिकृत मदन बहादुर धामीका अनुसार दिउँसो ३ बजे सम्म सवै मतपेटिका संकलन गरी जिल्ला प्राविधिक कार्यालयको भवनमा मतगणना हुनेछ । मतगणना स्थलमा सिसि क्यामेरा र तारजाली लगाइएको छ ।

Share It

Post Comments
थप समाचार