समाचार बाँकेका मतगणनास्थलमा चिया र पानी पनि लैजान नपाइने
Ujyaalo

बाँके, मंसिर २२ - बाँकेका मतगणनास्थलमा पानी र चिया पनि लैजान नपाइने भएको छ । मतगणनामा बसेका प्रतिनिधिलाइ रिस उठेमा पानी र चियाले मतपत्र भिजाउन सक्ने डर भएको भन्दै विहान बसेको सर्वदलिय बैठकले यस्तो निर्णय गरेको हो ।

बाँकेका मतगणनास्थलमा तारजाली नलगाइने तर सुरक्षाको लागि पानी पनि लैजान नपाइने भएको छ । बाँकेका ३ वटै क्षेत्रको मतगणना साढे १० बजेपछि सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

 

 

Share It

Post Comments
थप समाचार