समाचार कांग्रेसको खाता रसुवाबाट खुल्न सक्छ
Ujyaalo

लक्ष्मण शर्मा/उज्यालो । 

काठमाडौं, मंसिर २२ – मतगणनाको सुरु देखि नै अग्रता लिएको कांग्रेसले रसुवामा जित्न सक्ने सम्भावना बढदै गएको छ ।

रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आर्चायको ४ हजार ७ सय ७२ मत रहेको छ भे वाम गठबन्धनबाट एमाले उम्मेदवार जर्नादन ढकालको ३ हजार ३ सय २१ मत रहेको छ । रसुवामा कुल २६ हजार मत खसेको थियो ।

नयाँ शक्ति नेपालको राम्रो प्रभाव रहेको रसुवामा नयाँ शक्तिले पनि नेपाली कांग्रेसलाई समर्थन गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवामा स्पथानीय तह चुनावको आभारमा पनि लोकतान्त्रिक गठबन्धन बलियो देखिएको छ । स्थानीय तह चुनाव नतिजाको आधारमा लोकतान्त्रिक गठबन्धन आवद्ध दलको ११ हजार ५ सय १३ मत रहेको छ भने वाम गठबन्धनको १० हजार ७ सय ३४ मत रहेको छ ।

स्थानीय तह चुनावको मत अनुसार यो निर्वाचन क्षेत्रमा कांग्रेसको ५ हजार ६ सय ५५ र नयाँ शक्तिको ५ हजार ८ सय ५८ मत गरी कुल ११ हजार ५ सय १३ मत रहेको छ ।

रसुवामा एमालेको ७ हजार २ सय ६७ र माओवादी केन्द्रको ३ हजार ४ सय ६७ मत गरी कुल १० हजार ७ सय ३४ मत रहेको छ । पाँचवटा स्थानीय तह रहेको रसुवामा स्थानीय तह चुनावको नतिजा अनुसार वाम गठबन्धन भन्दा लोकतान्त्रिक गठबन्धन ७ सय ७९ मतले अगाडि रहेको थियो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको प्रारम्भिक मतले पनि लोकतान्त्रिक गठबन्धनलाई बलियो देखाएको छ ।

मतान्तर बढाउँदै लगेकाे लोकतान्त्रिक गठबन्धनले यो क्षेत्रबाट आफ्नो खाता खोल्न सक्ने सबैले अनुमान गरेका छन ।

Share It

Post Comments
थप समाचार