समाचार दोलखा प्रदेश र प्रतिनिधिसभा दुवैमा वाम गठबन्धनको दोव्वर मतको अग्रता
Ujyaalo

दोलखा, मंसिर २२ – दोलखामा एमाले उम्मेदवार पार्वत गुरुङले कांग्रेसका रुद्रबहादुर खड्कासँगको मतान्तर दोव्वर भन्दा बढी बनाउनुभएको छ ।

यो निर्वाचन क्षेत्रमा एमालेका गुरुङको १० हजार ८ सय ९२ मत रहेको छ भने कांग्रेसका खड्काको ४ हजार १ सय ७९ मत रहेको छ ।

प्रदेशसभा सदस्य चुनावको ताजा नतिजा अनुसार प्रदेशसभा ‘क’ मा कांग्रेसका बर्मा लामाको ३ हजार ३ सय ४ मत रहेको छ भने माओवादीका विशाल खड्काको ९ हजार ९ सय २१ मत रहेको छ ।

प्रदेशसभा ‘ख’ मा एमालेका पशुपति चौलागाईको ५ हजार ७ सय १८ मत रहेको छ भने कांग्रेसका केशवराज चौलागाईका
२ हजार ७ सय ८५ मत रहेको छ ।

Share It

Post Comments
थप समाचार