समाचार राजपाको घोषणापत्र : मधेश आन्दोलनमा शहीद भएकालाई ५० लाख
Ujyaalo

जनकपुरधाम, मंसिर ७ – राष्ट्रिय जनता पार्टी राजपा नेपालले मधेश आन्दोलनमा शहादत भएका परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । महोत्तरीको जलेश्वरमा पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा राजपाले मधेश आन्दोलनका सम्पूर्ण शहीदलाई प्रति परिवार ५०–५० लाख रुपैयाँ दिने घोषणा गरेको हो ।

 

घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै राजपा नेता राजेन्द्र महतोले दुई नम्बर प्रदेशमा राजपा–फोरम गठबन्धनको सरकार बन्ने दाबी गर्दै मधेश प्रदेशको सरकारद्वारा शहीद परिवारलाई ५०–५० लाख रुपैयाँ दिने जानकारी दिनुभयो ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको आह्वान गरे सँगै आन्दोलनमा शहादत दिने लाई ५०–५० लाख रुपैयाँ दिने विवादास्पद निर्णय गर्दा निकै आलोचना भएको थियो ।
राजपाको चुनावी घोषणापत्रमा ५० लाख रुपैयाँ दिने कुरा उल्लेख नभए पनि दुई नम्बर प्रदेशमा आफ्नो सरकार बन्ने निश्चित भएको र प्रादेशिक सरकारद्वारा उक्त रकम उपलब्ध गराउने नेता महतोले जानकारी दिनुभयो ।

शहीद परिवारलाई आर्थिक सहयोग बाहेक प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने, शहिद परिवारक बच्चाहरुको निशुल्क अध्ययनको व्यवस्था गरिने, शहीद परिवारलाई स्वरोजगारको लागि छुट्टै आर्थिक सहायता उपलब्ध गराउने पनि नेता महतोले प्रतिवद्धता जनाउनुभयो ।

‘मधेश आन्दोलनमा शहादत दिएका कारण नै देशमा संघियता आएको र आफ्नै प्रदेशमा आफ्नै सरकार बन्ने सपना साकार हुँदैछ’ महतोले भन्नुभयो– ‘शहीदको सम्मानमा कुनै आँच आउन नदिने र शहीद परिवारको सम्पूर्ण जिम्मेवारी मधेश सरकार माथि हुनेछ्र ।’

 

Share It

Post Comments
थप समाचार