समाचार स्याङ्जा क्षेत्र न‌‌म्बर २ मा कांग्रेस र एमालेबीच विवाद, मतगणना हुन सकेन
Ujyaalo

स्याङ्जा, मंसिर २२– स्याङ्जा क्षेत्र नं. २ मा कांग्रेस र एमालेबीच बुथकब्जाको विषयमा विवाद भएको छ । कांग्रेसबाट चापाकोट नगरपालिकाको सेखामका दुई मतदान केन्द्र र मल्यानकोटका दुई मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ ।

कांग्रेसबाट जनसक्रिय प्रावि, चितापोखरी, कालिका आधारभूत स्कूल तिनपिप्ले र मल्याकोटको राममन्दिर मतदानकेन्द्र क र ख मतदान स्थलमा बुथ कब्जा गरेको भन्दै एमालेले उजुरी दिएको हो ।

वाम गठबन्धनले ४ ओटा मतदाता केन्द्रमा बुथ कब्जा गरेको भन्दै  कांग्रेसले पनि मुख्य निर्वाचन कार्यालयमा उजुरी दिएको छ ।

कालिगण्डकी गाउँपालिका १ को जनहित मावि मतदान केन्द्र, घुरडाँडा प्राविको मतदान केन्द्र, गल्याङनगरपालिका स्यालबासको सत्यशिला प्रावि मतदान केन्द्र, कालिगण्डकी ३ को अमरदिप प्रावि मतदान केन्द्रमा एमालेले बुथ कब्जा गरेको भन्दै कांग्रेसले उजुरी दिएको छ ।

 

 

 

 

 

Share It

Post Comments
थप समाचार