समाचार सिन्धुपाल्चोकका दुई निर्वाचन क्षेत्रमै वाम गठबन्धनको अग्रता
Ujyaalo

सिन्धुपाल्चोक, मंसिर २२ – सिन्धुपाल्चोकको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ मा माओवादीका उम्मेदवार अग्निप्रसाद सापकोटाको अग्रता कायमै रहेको छ ।

उहाँले कांगेसका उम्मेदवार मोहनबहादुर बस्नेतलाई आधाभन्दा धेरै मतले पछाडी पार्नुभएको छ । यहाँ सापकोटाको १५ हजार ५ सय ७२ मत रहेको छ भने नेपाली कांग्रेसका बस्नेतको ७ हजार ४ सय ४७ मत रहेको छ । क्षेत्र नम्बर २ मा पनि एमालेका शेरबहादुर तामाङको अग्रता कायम रहेको छ ।

तामाङको १० हजार ३ सय ६ मत रहेका छ भने राप्रपा प्रजातान्त्रिकका उम्मेदवार पशुपति शम्शेर जवराको ९ हजार १ सय ६१ मत रहेको छ ।

 

Share It

Post Comments
थप समाचार