समाचार खोटाङमा अग्रता बढाउँदै वाम गठबन्धन
Ujyaalo

खोटाङ, मंसिर २२ – खोटाङको प्रतिनिधिसभातर्फ वाम गठबन्धनले अग्रता बढाउँदै लगेको छ । पछिल्लो परिणाम अनुसार वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका एमालेका विशाल भट्टराईले ९ हजार १ सय ५२ र काँग्रेसका सरस्वती बजिमयले ५ हजार ९ सय ८ मत पाउनुभएको छ ।

यो ३ हजार २ सय १७ मतको अन्तर हो । यस्तै नयाँ शक्तिका मदन राईले ७ सय ७३ मत पाउनुभएको छ । प्रदेशसभा क तर्फ एमालेका राजन राईले ४ हजार ६ सय ८४ र काँग्रेसका सुवासकुमार पोखरेलले ३ हजार ६४ मत पाउनुभएको छ । प्रदेशसभा ख तर्फ माओवादी केन्द्रका रामकुमार राईले ५ हजार २ सय ५२ र काँग्रेसका विष्णुकुमार राईले २ हजार ९ सय ७२ मत पाउनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार