समाचार स्याङ्जा क्षेत्र नम्बर २ विवादका कारण मतगणना अझै सुचारु भएन
Ujyaalo

स्याङ्जा, मंसिर २२– स्याङ्जामा अझै सर्वदलीय बैठक नै बस्न सकेको छैन ।

दुई गठबन्धनबीच विवाद भएका कारण सर्वदलीय बैठक बस्न नसकेको हो ।

एमाले र कांग्रेसबीच एकअर्कालाई बुथकब्जा गरेको आरोप लगाएपछि विवाद हुँदा मतगणना हुन सकेको छैन ।

मतगणना गर्न सर्वदलीय बैठक राखेर मतगणनाल सुचारु गर्न प्रयास भएपनि विवाद अझै टुङ्गो नलागेको स्याङ्जाका निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत हरीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार