समाचार काभ्रेमा मतपेटिका संकलन जारी
Ujyaalo

काभ्रे, मंसिर २२ – काभ्रेमा मतपेटिका संकलन भइसकेको छ । गाडी पुग्ने मतदान स्थलबाट मतपेटिका ल्याइएपनि गाडी नपुग्ने महाभारत र खानिखोला गाउँपालिकाको मतपेटिका संकलन गर्न बाँकी छ ।

दुवै गाउँपालिकाको मतपेटिका हेलिकप्टर मार्फत ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख सहकुल थापाले जानकारी दिनुभयो । महाभारत गाउँपालिकाको मतपेटिका बनखुचौर मा र खानिखोला गाउँपालिकाको तालढुङ्गामा संकलन गरेर राखिएको उहाँले बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार