समाचार मत गणना नसक्दै विजयी जुलुसको तयारी
Ujyaalo

बझाङ, मंसिर २२ – बझाङमा वामगठबन्धनका प्रतिनिधिसभा उम्मेदवार भैरवहादुर सिंहले नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंह सँगको मतान्तर फराकिलो पार्दै लगेपछि मतगणना नसक्दै विजयी जुलुसको तयारी गरेको छ ।


वामगठबन्धनको तर्फबाट एमाले उम्मेदवार भैरवबहादुर सिंहले ५ हजार मतले अग्रता लिएपछि सिंहको जीत सुनिश्चित भएको भन्दै मतगणना स्थल बाहिर एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता झण्डा सहित उपस्थित भएका छन् ।


झण्डै १६ हजार मत गणना गर्न बाँकी हुँदा एमालेका भैरवबहादुर सिंहले २७ हजार ४०७ र नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहले २२ हजार २१८ मत प्राप्त गर्नुभएको छ ।

 

Share It

Post Comments
थप समाचार