समाचार मनाङमा आजदेखि गाडी सञ्चालनमा रोक
Ujyaalo


लमजुङ, मंसिर ७ – लमजुङ–बेसीशहर–चामे सडक खण्डमा गाडी सञ्चालनमा रोक लगाइएको छ । यस सडकखण्ड हिमालपारीको जिल्ला मनाङ पुग्ने एकमात्रै सडकखण्ड हो ।


चुनावी सुरक्षालाई ध्यानमा राखेर यस सडकखण्डमा बिहीबार दिउँसो ३ बजेदेखि गाडी सञ्चालनमा रोक लगाइएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय लमजुङमा सुरक्षा निकाय, राजनीतिक दल, उद्योग वाणिज्य संघ र यातायात व्यवसायीबीच बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले मनाङ जाने गाडीलाई लमजुङको बेसीशहरमै रोक्ने निर्णय गरेको हो ।


‘मुख्यतयः चुनावलाई लक्षित गरी यो निर्णय गरिएको हो’ उहाँले थप्नुभयो ‘दिउँसो ३ बजेपछि लमजुङबाट हिँडेको गाडी भोलिपल्ट मात्रै मनाङ पुग्छ, बाटो अफ्ठ्यारो छ, रातको यात्रा गर्दा दुर्घटना बढ्न सक्ने भएकाले पनि यो निर्णय गरिएको हो ।’

Share It

Post Comments
थप समाचार