ललितपुर, मंसिर २२ – ललितपुर क्षेत्र नम्बर २ मा एमाले र ३ मा नेपाली कांग्रेसको अग्रता छ ।
ललितपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको एमालेका उम्मेदवार कृष्णलाल मर्हजन ९ हजार ५ सय ३२ मतले अघि हुनुहुन्छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार चन्द्र मर्हजनले ६ हजार १ सय ७० मतले पछ्याई रहनुभएको छ ।
यस्तै, ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका नेपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले ६ हजार २ सय ४३ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
उहाँलाई माओवादी केन्द्रकी उम्मेदवार पम्फा भूषालले ५ हजार ५ सय २२ मतले पछ्याईरहनुभएको छ ।
ललितपुर क्षेत्र नम्बर ३ मा विवेकशील साझ तेस्रो स्थानमा छ । विवेकशील साझाका उम्मेदवार उज्वल कृष्ण श्रेष्ठले १२ सय ३५ मत पाउनुभएको छ ।
Share It
Post Comments
थप समाचार